काठमाण्डौ । आज बजार करिब १६ अंकले बढेको छ । कारोबार पनि करिब डेढ महिना पछिकै ड्राई अप बनेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा फिवोनासीको ०.६१ प्रतिशतबाट फर्केको छ । यसले बजारमा घट्ने क्रम रोकिएको मान्न सकिन्छ ।
बोलिङ्गरको लोओर ब्याण्डमा आज हरियो क्याण्डल बनको छ । यस आधारमा आज मात्रै बढेको बजारलाई हेरेर बजारको अवस्था बताउन भने हतार हुन सक्छ । यद्यपी बजार घट्न रोकिएको भने मान्न सकिन्छ । म्याक्डीमा बियारिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम आज केही फिक्का बनेको छ । आरसएआई डेली बेसमा ४० बाट फर्केको छ । आवरली बेसमा भने बजार ओभर सोल्ड जोनबाट हुक बनाएर इन्ट्रिको संकेत दिएको छ ।
यस हिसाबले आज अन्तिम समयमा भोल्युमसहित बजार बढेको कारण आगामी दिनमा पनि बजारले माथिको यात्रा तय गर्न सक्ने आँकलन गर्न सकिन्छ । बजारमा करेक्सन सकिएकै हो भन्नका लागि भने बजार २०७५ विन्दुमाथि भोल्युमसहित बन्द भएमा निश्चित हुने छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।