मंगलवार, श्रावण १९,२०८३ 02:50:35
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:50:35
Bizshala
Global IME Bank Limited

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले निर्णय, मन्त्रीहरु पनि फिर्ता

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले निर्णय, मन्त्रीहरु पनि फिर्ता
New Office

काठमाण्डौ । नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेको भोलिपल्ट प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।  

मंगलबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

यो निर्णयसँगै सरकारमा एमालेबाट सहभागी ८ जना मन्त्रीले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।  

यता, प्रचण्डले भने एमालेका मन्त्रीहरुको राजीनामा आउनुअघि नै बर्खास्त गर्ने कोशिश गरिरहेका स्रोतहरुले दाबी गरेका छन् । 

प्रचण्डको नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायत रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.