आईतवार, भाद्र २३,२०८१ 07:39:48
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:39:48
IME remit
Global IME Bank Limited

बीमाको दायरामा ४३.९५% जनसंख्या, ५.९६% ले बढ्यो बीमा व्यवसाय

Hyundai Nepal
बीमाको दायरामा ४३.९५% जनसंख्या, ५.९६% ले बढ्यो बीमा व्यवसाय
Nabil Bank Limited

काठमाण्डौ । बीमाको दायरा ९म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित० ४३.९५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको जेठ मसान्तसम्म ४३.९५ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा छन् ।  

तर गत वर्षको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत भने घट्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म ४४।२० प्रतिशत जनसंख्या बीमाको दायरामा थिए । यसर्थ गत आवको तुलनामा चालु आवमा बीमाको दायरामा आएको जनसंख्या ०.५६ प्रतिशतले घट्न पुगेको छ ।  

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउनकै लागि चालु आर्थिक वर्षमा मात्रै लघुबीमा कम्पनीको लाइसेन्स बाँडेको थियो । हाल ३ वटा जीवन लघुबीमा कम्पनी र ४ वटा निर्जीवन लघुबीमा गरी कुल ७ वटा लघुबीमा कम्पनीहरु सञ्चालनमा छन् ।  

तरपनि प्राधिकरणले लिएको लक्ष्य अझै सफल हुन सकेको छैन । प्राधिकरणले केही वर्षभित्र नेपालको आधा जनसंख्यालाई बीमाको दायरामा ल्याउने भनेपनि आधा भन्दा बढी जनसंख्या अझैपनि बीमाको दायरामा पर्न सकेको छैन ।  

प्राधिकरणले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी ठाउँ–ठाउँमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा सचेतनामूलक कार्यक्रम समेत गर्दै आइरहेको छ, तरपनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत गत आवको तुलनामा उल्टै घट्न पुगेको छ ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग ९सरेण्डर०दर समेत बढ्दै गएको छ । यसले पनि बीमाको दायरा घट्न पुगेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घटेपनि बीमा कम्पनीहरुको व्यवसाय भने बढ्दै गएको छ । बीमा कम्पनीहरुले चालु आवको ११ महिनासम्ममा कुल १ खर्ब ७० अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।  

यो व्यवसाय गत आवको तुलनामा ५.९६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ६० अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

जीवन बीमा कम्पनीहरुको व्यवसाय ७.४० प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १.०२ प्रतिशतले बढेको छ । जीवन बीमकहरुले मात्रै सो अवधिसम्म १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने निर्जीवन बीमकहरुलले ३६ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले १ खर्ब २४ अर्ब ४५ करोड रुपैयाँ र निर्जीवन बीमकहरुले ३६ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

चालु आवको जेठ मसान्तसम्म जीवन बीमकहरुको बीमालेख संख्या ०.१४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमालेख संख्या ६.९२ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुमा १ करोड ४० लाख ८९ हजार बीमालेख संख्या रहेको छ भने निर्जीवन बीमा कम्पनीहरुमा २७ लाख १३ हजार बीमालेख संख्या कायम छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X