काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालि को संयुक्त आयोजनामा ‘नेपाल विल्डकन’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
निर्माण क्षेत्रका नविनतम प्रविधिका बारेमा जानकारी दिने र नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने यदेश्यले माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा आयोजना हुन लागेको हो ।
उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरु का १५० भन्दा बढि स्टल रहने छन् । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउने आयोजकले जनाएको छ ।