नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा
काठमाण्डौ । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’को एघारौँ संस्करण यहि माघ २२ देखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी...

