बिहीबार, आश्विन २३,२०८२ 01:14:59
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:14:59
IME remit
Global IME Bank Limited

खस्कदो सेयर बजार र रियल स्टेटको विकल्पमा बोन्डमा पैसा खन्याउँदै चिनियाँ लगानीकर्ता, अर्थतन्त्रका लागि भने खतराको घन्टी

Hyundai Nepal
खस्कदो सेयर बजार र रियल स्टेटको विकल्पमा बोन्डमा पैसा खन्याउँदै चिनियाँ लगानीकर्ता, अर्थतन्त्रका लागि भने खतराको घन्टी
Shivam Cement

काठमाण्डौ । चिनियाँ बोन्डमा लगानी गर्ने लगानीकर्ताको संख्या अत्यधिक बढेको छ । चिनियाँ सरकारी बोन्डमा भईरहेको अत्यधिक लगानीका कारण बोन्डको मूल्य वृद्धि हुनुका साथै बोन्डको प्रतिफलमा कमी आईरहेको छ । चीनको खस्कदो रियल स्टेट सेक्टर र सेयर बजारको सुरक्षित विकल्पका रुपमा लगानीकर्ताले सरकारी बोन्ड रोजेका हुन् ।  

अत्यधिक लगानीका कारण चिनियाँ बोन्डको प्रतिफल भने घट्न पुगेको छ । ब्याजदरको बेन्चमार्कको रुपमा रहेको १० वर्षे चिनियाँ सरकारी बोन्डको प्रतिफल गत सोमबार २.१८ प्रतिशतमा सीमित बनेको छ । जुन सन् २००२ पछिकै न्यून हो । यस्तै २० वर्षे र ३० वर्षे बोन्डको प्रतिफल पनि ऐतिहासिक रुपमा घटेको छ । बोन्डको मूल्य वृद्धि भएसँगै प्रतिफलमा कमी आईरहेको छ ।  

चिनियाँ नीति निर्माताहरु बोन्डप्रति अचानक देखिएको आकर्षणले बबल बनाएर संकट निम्त्याउने भयमा देखिएका छन् । गत वर्ष पनि अमेरिकन सिलिकन भ्याली बैंकमा यस्तै संकट देखिएको थियो । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना(पीबीओसी)ले बोन्डमा देखिएको बबल जुनुकै बेला पनि फुट्न सक्ने र यसले वित्तीय बजारलाई अस्थिर बनाउनुका साथै अर्थतन्त्रलाई संकटमा पार्ने भन्दै गत अप्रिलदेखि १० पटक बेग्ला–बेग्लै चेतावनी जारी गरिसक्यो ।  

अहिले भने पीबीओसीले बोन्डको मूल्य घटाउन बोन्ड सापटी लिएर बिक्री गरिरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चिनियाँ बोन्डको प्रतिफलमा देखिएको व्यापक गिरावटले त्यहाँको अर्थतन्त्रमा जोखिमहरु निम्त्याईदिएको छ । अहिलेको अवस्थामा सरकारी बोन्डको न्यून प्रतिफलले अर्थतन्त्रलाई राम्रो भन्दा पनि हानी पुर्याउने चिनियाँ विज्ञले बताएका छन् । यसले पीबीओसीले आक्रामक रुपमा ब्याजदर कटौती गर्ने बजारको अपेक्षालाई अझै मजबुत बनाउने विज्ञले बताएका छन् ।  

यसका साथै बोन्डमा देखिएको आकर्षणले अर्थतन्त्रलाई चलायमान बनाउने जोखिमपूर्ण सम्पत्तिहरु जस्तै,सेयर बजार,घरजग्गा र अन्य लगानीको साटो बोन्ड बजारमा पूँजी परिचलन गर्न प्रात्साहित गर्ने भएकाले यसले पीबीओसीको आर्थिक गतिविधि तथा नगद परिचालन बढाउने प्रयासहरुमा प्रभाव पार्ने देखिन्छ ।  

चिनियाँ सरकारी बोन्डको प्रतिफलमा आएको कमीले अमेरिका र चीनबीचको स्प्रेडदरको बढ्ने र यसले चीनबाट पैसा बाहिरिने भएकाले युआनमा दबाव पर्ने देखिन्छ । चीन–अमेरिका प्रतिफलको भिन्नताका कारण गत अप्रिल महिनामा चिनियाँ पूँजी पलायन सन् २०१६ पछिकै उच्चस्तरमा पुगेको थियो ।  -एजेन्सी

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.