आईतवार, भाद्र २३,२०८१ 06:18:06
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:18:06
IME remit
Global IME Bank Limited

हुन्डाईको ईभी कार ‘कोना’शुन्य % ब्याजदरमै खरिद गर्न सकिने, सिंगल चार्जमा ३०५ किमीसम्म कुद्छ

Hyundai Nepal
हुन्डाईको ईभी कार ‘कोना’शुन्य % ब्याजदरमै खरिद गर्न सकिने, सिंगल चार्जमा ३०५ किमीसम्म कुद्छ
Nabil Bank Limited

काठमाण्डौ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी ‘कोना’को खरिदमा शुन्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ। हुन्डाईले कोनामा Zero Emission, Zero Interest योजना ग्राहकमाझ सार्वजनिक गरेको हो।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजनाअन्तर्गत इच्छुक ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउन पेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले दाबी गरेको छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ। कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयषँ रहेको छ।

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । जसका कारण यसमा हाई इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीको दाबी छ ।कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। साथै, ईभी चार्जिङ गर्नका लागि ४४ं भन्दा बढी स्थानहरूमा चार्जिङ प्वइन्ट स्थापना गरी सेवा दिदै आएको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X