शुक्रबार, असार १९,२०८३ 06:42:47
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:42:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन प्रवर्द्धनका लागि समझदारी गर्न पुगे होटल व्यवसायीहरू बंगलादेश

Laxmi Sunrise Bank Limited
पर्यटन प्रवर्द्धनका लागि समझदारी गर्न पुगे होटल व्यवसायीहरू बंगलादेश

काठमाण्डौ। पर्यटन पर्वद्धनका लागि होटल व्यवसायीको टोली बंगलादेश पुगेको छ। मुलुकको पर्यटन प्रवर्द्धनका लागि बिहीबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय टोली बंगलादेश पुगेका हुन्।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रम होटल संघले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म आयोजना गर्न लागेको हो।

शुक्रबारका लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरूको उपस्थितिमा भव्य पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा बिटुबी कार्यक्रम गरी विशेष रात्रि भोजको पनि आयोजना गरिएको संघले जनाएको छ।

बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ। 

कार्यक्रमले दुई देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.