काठमाण्डौ । विश्वका प्रमुख सेयर बजारहरु रकेर्डतोड उचाईमा पुगेका छन् । अमेरिकी श्रम बजारमा रोजगारको दरमा देखिएको वृद्धिका कारण फेडले ब्याजदरमा कटौति गर्ने आशा र बेलायती तथा फ्रान्सेली मत परिणामका कारण विश्वका सेयर बजारहरु रेकर्डतोड उचाईमा पुगेका हुन् ।
बेलायतमा लेबर पार्टीले १४ वर्षपछि विजय हासिल गरेसँगै बेलायको पाउण्ड स्ट्रेलिङ र त्यहाँको सेयर बजार उच्च व्निदुमा पुगेका छन् । त्यस्तै फ्रान्सको दोस्रो चरणको मतपरिणामसँगै त्यहाँको सेयर बजारमा पनि उछाल आएको छ । गत महिना अचानक घोषणा भएको निर्वातनका कारण त्यहाँको सेयर बजारमा गिरावट आईरहेको थियो ।
अमेरिकी कन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौति गर्ने सम्भावनाको फाइदा युरोमा परेको छ । युरोको मूल्य ३ साताकै उच्च पुगेको छ ।
एमएससीआईको वर्ल्ड इन्डेक्सले ०.९७ प्रतिशतले बढेर नयाँ उचाईमा पुगेको छ । युरोपेली सेयरको मूल्य ०.३ प्रतिशतले वृद्धि भएको छ । यस्तै जापानको निक्की२२५ र टोपिक्स पनि अल टाइम हाईमा पुगेका छन् ।
बेलायतको लण्डन एफटीएसई१०० इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ । अमेरिकाको युएस स्टक फ्युचर्समा पनि केहि सुधार देखिएको छ ।