मंगलवार, श्रावण २६,२०८३ 11:05:23
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 11:05:23
Bizshala
Global IME Bank Limited

म्याक्डीमा बन्यो बुलिस क्रसओभर, कति–कतिमा छ अबको प्रतिरोध ?

Prabhu Bank Limited
म्याक्डीमा बन्यो बुलिस क्रसओभर, कति–कतिमा छ अबको प्रतिरोध ?
New Office

काठमाण्डौ । आज बजारमा दिनभरजसो वृद्धि देखिएको थियो । यो वृद्धि लाई अन्त्यसम्म कायम राख्दै आज बजार २१ अंकको वृद्धिका साथ बन्द भएको थियो ।  

आज बजार बढ्दा कारोबार पनि ६ अर्बमाथि भएको छ । आजसम्म ५ दिन लगातार बढ्दा नेप्से न्यून विन्दुबाट करिव १०४ अंकले सुधार आयको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा विस्तारै बुलिस बन्दै गएको देखिन्छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार हाल अपर ब्याण्ड सँगैसँगै हिड्न खोजेको देखिन्छ । म्याक्डीमार्फत नियाल्दा बजार प्रष्ट रुपमा जिरो लाइन भन्दामाथि बुलिस क्रसओभर बनेको छ ।  

अर्थात, म्याक्डीमा पनि बजारमा हायर हाईका सिरिजहरु बन्दै गएका छन् । हिस्टोग्रामहरु सकारात्मक र लामा–लामा हुँदै गएका छन् । डेली बेसमा आरएसआई ६७ को तहमा पुगेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस यात्रामा प्रबेश गरेको देखिन्छ ।  

त्यसैगरि, बजारलाई पिभट् मार्फत नियाल्दा आज २१४० विन्दुमा बन्द भएको बजारले अब क्रमश  २१७८ , २२३६ र २३१० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । घटेमा भने क्रमशः २१०४ ,२०८० र २०४५ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X