काठमाण्डौ । मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।
यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।
एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।
मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।
यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत फागुन १९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                