आईतवार, श्रावण ३,२०८३ 03:37:36
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:37:36
Bizshala
Global IME Bank Limited

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने
New Office

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी साउनमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आगामी साउन २७ गते समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि साउनमा सकिन लागेको हो ।  

कम्पनीको संस्थापक सेयरधनीहरुको स्ुवामित्वमा रहेको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता र  कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता  गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले विस २०७८ साउन ५ गतेदेखि साउन १९ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत)का लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ २५ गते बाँडफाँड गरिएको थियो ।  कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।  

लक इन अवधि खुलेसँगै यी सेयरहरु दोस्रो बजारमा खरिद/बिक्री गर्न मिल्नेछ ।। यद्यपी कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिद/बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.