काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि आम सर्वसाधारण तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । यसअघि गत कात्तिक २३ गते ३५ दिने सूचना जारी गरि संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएकोमा कुनै पनि आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणका लासि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपा साँगामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य २९९ रुपैयाँ निर्धारण गरिएको छ ।