काठमाण्डौ । बंगलादेशको मुद्रास्फिती १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । राष्ट्रिय तथ्यांक ब्यूरोले सार्वजनिक गरेको आँकडाअनुसार बंगलादेशको वार्षिक औषत मुद्रास्फिती ९.७३ प्रतिशत पुगेको छ ।
जुन सरकारले राखेको ७.५ प्रतिशतको लक्ष्य भन्दा बढी हो । अहिलेको बंगलादेशको मुद्रास्फिती सन् २०११÷१२ मा देखिएको १०.६२ प्रतिशत पछिकै उच्च हो । यस्तै बंगलादेशको उपभोक्ता मूलय सूचक पनि लगातार दोस्रो वर्ष ९ प्रतिशतभन्दा बढी पुगेको छ । यसले उच्च महंगीको सकेत गरेको छ ।
बढ्दो महंगीका कारण आम मानिसहरुको आम्दानी तीव्र रुपमा घटिरहेको र यसले विशेष गरी मध्य र न्यून आय भएका मानिसहरुको जीवनस्तर प्रभावित बनिरहेको बंगलादेशका मिडियाले बताएका छन् । बढ्दो मूल्य वृद्धिसँगै ७० प्रतिशत बंगलादेशी नागरिकले आफ्नो खाना खाने बानी व्यहोरामा परिवर्तन गरेका छन् । -एजेन्सी

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                