शुक्रबार, श्रावण ९,२०८२ 07:14:16
  • शुक्रबार, श्रावण ९,२०८२ 07:14:16
Global IME Bank Limited

जापानको सेयर बजार ४२ हजार विन्दु पार गर्दै अल टाइम हाईको उचाईमा, यस्तो छ बढ्नुको कारण

Hyundai Nepal
जापानको सेयर बजार ४२ हजार विन्दु पार गर्दै अल टाइम हाईको उचाईमा, यस्तो छ बढ्नुको कारण
Shivam Cement

काठमाण्डौ । जापानको सेयर बजारले पुनः नयाँ उचाई हासिल गरेको छ । जापानको सेयर बजार इन्डेक्स निक्की२२५ पहिलोपटक ४२ हजार विन्दु पुग्दै नयाँ उचाईमा पुगेको हो ।  

आज निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा पुगेको छ । टेक्नोलोजी कम्पनीहरुको सेयरमूल्यमा आएको उछालले निक्की२२५लाई टेवा पुर्याएको छ ।  

यस्तै आज टोपिक्स पनि ०.७ प्रतिशतले बढेर नयाँ उचाईमा पुगेको छ । एक वर्षमा जापानको कोर मेशिनरी सामाग्रीको माग १०.८ प्रतिशतले वृद्धि भएको छ । माग आएको वृद्धिका कारण कम्पनीहरुको मुनाफामा सुधार देखिएको छ । जसका कारण लगानीकर्ताहरुको मनोबल बलियो बनेको छ ।  

भारतमा जापनिज अटो निर्माता कम्पनी टोयोटाको बिक्री उल्लेख्य वृद्धि भएको छ । भारतको उत्तर प्रदेश सरकारले करमा कटौती गरेपछि त्यहाँ टोयोटाको गाडीहरु १० प्रतिशत सस्तो भएका छन् ।  यसका साथै अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गर्न सक्ने कटौतिको सम्भावनाले समेत जापानको सेयर बजारको वृद्धिलाई साथ दिईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.