सोमबार, श्रावण ४,२०८३ 07:59:24
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 07:59:24
Bizshala
Global IME Bank Limited

आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश, लुब्रिकेन्ट बजारमा उत्कृष्ट बजार हिस्सा लिन सफल

आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश, लुब्रिकेन्ट बजारमा उत्कृष्ट बजार हिस्सा लिन सफल
New Office

काठमाण्डौ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ ।  

नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३  देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो ।  छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भए पछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको हो ।  

विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो । जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ । विगत १५० वर्ष भन्दा लामो समय देखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई–पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।  

मोटुल  इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको छ। सो कन्फ्रेन्समा भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न भएको छ ।  

उल्लेख्य बिक्री बढाए बापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई  सो मान्यताले पुष्टि गरेको कम्पनीले जनाएको छ ।  

आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित भएकोमा खुसी व्यक्त गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.