आईतवार, भाद्र २३,२०८१ 06:14:33
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:14:33
IME remit
Global IME Bank Limited

पदमुक्त भए प्रचण्ड, यसरी घट्यो लोकप्रियता(ग्राफसहित)

Hyundai Nepal
पदमुक्त भए प्रचण्ड, यसरी घट्यो लोकप्रियता(ग्राफसहित)
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत अस्वीकृत भएको छ ।  

योसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार औपचारिक रुपमा ढलेको छ ।  

शुक्रबार प्रतिनिधिसभामा प्रचण्डले पाँचौ पटक विश्वासको मत मागेका थिए । यो प्रक्रियामा संघीय संसदको तल्लो सदनका २५८ सांसदहरुको सहभागिता रहेको थियो । जसमा ६३ जनाले मात्र विश्वासको मतको पक्षमा मतदान गरेका थिए । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाँकी १९४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।  

यसरी २७० मध्ये २६८ जना सांसदहरुको अभूतपूर्व मत पाएर सुरु भएको प्रचण्डको प्रधानमन्त्रीको उत्साहजनक यात्रा २४.४१ प्रतिशतको झिनो मत पाएसँगै टुंगिएको छ ।  

योसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्टपति रामचन्द्र पौडेलले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । सम्भव भएसम्म भोलिसम्ममा नयाँ सरकार गठन गर्ने दलहरुको तयारी छ ।  

प्रचण्ड पतनको यात्रा

२०७९ सालमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको तेस्रो दलका नेता प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको करिब १५ दिनपछि पहिलो पटक २०७९ पुस २६ गते प्रचण्डले करिब शत प्रतिशत जस्तै विश्वासको मत पाएका थिए ।

२७० जना सांसद उपस्थित भएको प्रतिनिधिसभाको उक्त बैठकमा २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । दुई जना सांसद मात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएका थिए ।

एक एक सांसद रहेको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपक्षमा मत दिएका थिए । त्यसबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए । त्यसबेला २६२ सांसद उपस्थित रहेकोमा नेपाली काङ्ग्रेससहित १७२ जनाले विश्वासको पक्षमा मत दिएका थिए । ८९ सांसदले विपक्षमा मत दिँदा एक जना तटस्थ बसे ।

प्रचण्डले चार महिनाअघि गएको फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए । बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । काङ्ग्रेससहित ११० सांसदले विपक्षमा मतदान गरेका थिए । एक जना सांसद तटस्थ बसे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा चौथो पटक जेठ ७ गते विश्वासको मत पाए । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ। एक सांसद भने तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो।

पाँचौपटक शुक्रबार प्रचण्डले कुल सहभागी सांसदमध्ये २४.४१ प्रतिशतको मात्र मत पाए । संघीय संसदको तल्लो सदनका २५८ सांसदहरुको सहभागिता रहेको थियो । जसमा ६३ जनाले मात्र विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।  

बाँकी १९४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X