आईतवार, असार १५,२०८२ 01:17:06
  • आईतवार, असार १५,२०८२ 01:17:06
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
एक्सेल डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा असार २९ गते शनिबारका दिन झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बैंकको साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले वैंकको आ.व.२०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।  

उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए भने संस्थापक सेयरधनीहरु डा. रुपक प्रसाद खनाल र सुरेश कुमार अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघका

केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले बैंकको उन्नती तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने संखुवासभाको खाँदवारी र धनकुटाको धनकुटा बजारमा शाखा संचालनका लागि साजसजावटको कार्य भईरहेको छ र आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।

यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ११ अर्ब ४१ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु १४ अर्ब ७१ करोड गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.