बुधबार, असार १०,२०८३ 06:07:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:07:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सत्ता गुमेपछि प्रचण्डको छटपटी, पूर्व माओवादी शक्तिसँग एकता गर्न तीव्र छलफल

Laxmi Sunrise Bank Limited
सत्ता गुमेपछि प्रचण्डको छटपटी, पूर्व माओवादी शक्तिसँग एकता गर्न तीव्र छलफल

काठमाण्डौ । लगातार ९ वर्षसम्म सत्तामा बसेर हालीमुहाली गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्व माओवादी घटकहरुसँग एकताको पहललाई तीव्र बनाएका छन् ।  

सत्तामा रहुञ्जेल माओवादीबाट छुट्टिएर अन्य दल बनाउनेहरुको विषयमा चासो नदिएका प्रचण्डले सरकार ढलेपछि पुनः राजनीतिक शक्ति प्राप्तिको उद्देश्यले पूर्व माओवादी घटकहरुसँग एकताको पहल सुरु गरेका हुन् । 

New Office
CG Motors
Garima Development Bank

उनले छिन्नभिन्न भएका माओवादी निकट शक्तिहरुलाई मिलाएर ठूलो दल बनाउने र पहिलाजस्तै शक्तिशाली बनी सत्तामा फर्किने रणनीतिअनुसार पहिलो चरणमा नेत्रविक्रम चन्द(विप्लव)को पार्टीसँग छलफल अगाडि बढाएका स्रोतले जनाएको छ ।

विप्लवसँग सत्ता पलट भएलगत्तै प्रचण्डले एक चरणको छलफल गरिसकेका माओवादीका एक पदाधिकारी तहका नेताले जानकारी दिए । प्रचण्डले विप्लवको पार्टीसँग एकता गर्नेसम्मको सोंच बनाएका छन् ।  

यस्तै, महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको पहल अगाडि बढाइएको स्रोतको भनाई छ । दाहाल निवास खुमलटारमा यादव नेतृत्वको पार्टीका पदाधिकारीहरुसँग एकचरणको छलफल भइसकेको छ ।  

यस्तै, माओवादीबाट अलग्गिएर आम जनता पार्टी गठन गरेको प्रभू साहलाई समेत फर्काउने प्रयासलाई अगाडि बढाइएको छ । साहलाई माओवादीको महत्वपूर्ण  जिम्मेवारी दिएर भित्र्याउने कसरत थालिएको बुझिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.