शनिबार, फाल्गुन १०,२०८१ 10:00:29
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:00:29
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ताबीच मौद्रिक नीति र नयाँ सरकारको चर्चा, भन्छन् ‘अब सेयर किन्न आँट चाहिन्छ ’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ताबीच मौद्रिक नीति र नयाँ सरकारको चर्चा, भन्छन् ‘अब सेयर किन्न आँट चाहिन्छ ’
Nabil Bank Limited

काठमाण्डौ । हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई यो साता पनि निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी त्रिपुरेश्वर, सुन्धारा तथा पुतलिसडमा अवस्थित ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको विचारलाई समेटेका छौ । त्रिपूरेश्वरस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट प्रालि (स्टक ब्रोकर नम्बर ५३)बाट हामीले ग्राउण्ड जिरोको थालनी गरेका थियौ ।  

आज बजार बिहान प्रि–ओपन सेसनमा नै करिब ३५ अंकले बढेको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरु आउने क्रम जारी थियो । गत शुक्रबार बढेर बन्द भएको बजारमा आज के हुने हो भनेर लगानीकर्ता उत्साहित देखिन्थे । यसैबीच एक महिला लगानीकर्ता अभिवादन गर्दै ब्रोकर हाउस छिरिन् । ‘ यो बजार पनि बुझ्नै नसकिने रहेछ । म त बजारमा छिरेको १५/२० वर्ष भयो । कति कमाइयो. कति गुमाइयो हिसाब नै छैन, ’ उनले वार्तालापको सुरुवात गर्दै भनिन् ।  

उनको नजिकै बसेका एक पुरुष लगानीकर्ताले भने ‘म त २८ सयमा छिरेको सबै लगानी आधा भएको छ । कहिले आउने होला साँवा ?’ उनलाई जबाफ दिँदै ती महिला लगानीकर्ताले भनिन् ‘यो बजारमा सबैले डुबेर नै सिक्ने हो । हामी पनि डुबेका नै छौं । एकपटक त बढ्छ पक्कै । चिन्ता नलिनुस् ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज पहिलो प्रहरमा करिब ३ अर्बको कारोबार भएको थियो भने बजार पनि ८० अंक भन्दा बढीले बढेको थियो । केही समयको बसाईपछि हामी सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यस बेलासम्म भित्ताको घडिमा १२ बजिसकेको थियो भने बजार पनि करिब ४५ अंकले बढेर कारोबार हुँदै थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ता भने बजारप्रति निकै सकारात्मक देखिए ।

शुट पाइन्टमा ठटिएका एक लगानीकर्ताले निश्चिन्त हुँदै भने, ‘अब भने बजारले राम्रै गति लिन्छ । अहिले पैसा पनि फालाफाल छ, माहोल पनि बन्दै छ । अब संस्थागत लगानीकर्ताहरुले पनि लगानी गर्दै छन् । मौद्रिक नीति पनि लचक आउँला जस्तो छ । संस्थागत लगानीकर्तामाथिको क्याप हटाउने, जोखिमभार एक सयमा ल्याउने र विजनेस लोनलाई सहज भयो भने त बजारलाई राम्रै हुन्छ ।’ ती लगानीकर्ताले थपे, ‘अब लगानीकर्ताहरुमा पनि आँट चाहियो । सेयर बजारमा चाहिने मुख्य कुरा भनेको आँट पनि हो । लौ हेर्नुहोस ब्रोकर हाउसमा पनि लगानीकर्ताको संख्या बढ्दै गएको छ । यी सबै विषय केलाउदा अब बजारले गति लिने देखिन्छ ।’

हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको पछिल्लो अवस्थाबारे जिज्ञासा राख्यौं । पछिल्लो अवस्थामा बजारमा माहोल बन्दै गरेको र लगानीकर्ताको मनोबल बढेको जानकारी ब्रोकर सञ्चालकले दिए । यसै ब्रोकरमा केही लगानीकर्ता डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारका बारेमा समेत चर्चा गर्दै थिए ।  

केही समयको बसाईपछि हामी एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७)तर्फ लम्कियौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यस बेलासम्म दिनको १ बजिसकेको थियो । ब्रोकर हाउमा फोनका घण्टी बज्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजार बढ्न एउटा निहुँ मात्रै चाहिएको बताए । ‘सबै विषय सकारात्मक रहेका छन् । लगानीकर्ताहरुमा मनोबल मात्रै कमजोर बनेको थियो । अब माहोल बनेको छ,’ उनले भने, ‘हेरौ अब त बजारको सिजन पनि सुरु भयो । बजारमा यो पटक केही होला जस्तो छ । उनले थपे, ‘२२७८ विन्दुमा नेप्सेको खड्को छ भन्छन् । यहाँबाट माथि गए त बजार राम्रै अंकले माथि जान्छ ।’  

केही समयको बसाईपछि यहाँबाट हामी पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौ । यहाँ भेटिएका लगानीकर्ताहरुले आउँदै गरेको मौद्रिक नीति र नयाँ सरकारको विषया चर्चा गरेको पाइयो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने,‘आउने महिना मौद्रिक नीति पनि आँउदै छ भन्छन्, के कस्तो आउने हो ?’ उनको जिज्ञासा मेटाउँदै सँगैका लगानीकर्ताले भने, ‘ केही न केही लचक त अाँउछ नै । धेरै अपेक्षा पनि नगरौं । यो गभर्नरको पनि अब धेरै समय छैन । त्यहीमाथि सरकार पनि फेरिदै छ । अब भने सेयर बजारले गति लिन्छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.