बिहीबार, श्रावण २८,२०८३ 01:15:05
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:05
Bizshala
Global IME Bank Limited

पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । कारोबारको अन्त्यमा नेप्से परिसूचक ५२ अंकले बढेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्से यस अघिको बलियो प्रतिरोध २२७८ विन्दु नजिक आज बन्द भएको छ । 

यो विन्दुमा बजार यसअघि ४ पटकको भन्दा बढी प्रतिरोध सामाना गरेको पाइन्छ । २५ महिनाभन्दा लामो समयदेखि साइडवेजमा चलेको नेप्से आज भने पाँचौ प्रयासमा २२५० विन्दुमाथि बन्द भएको छ । तर आजको इन्ट्राडेको हाई २२९० विन्दुमा रहेको छ ।

आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा माथि लामो धागोसहितको क्याण्डल बनेको छ । यसले केही नाफा बुक पनि भएको मान्न सकिन्छ । आरएसआई पनि ओभर बट जोन ८० को तहमा पुगको छ ।  यस्तो आरएसआई बुलिस बजारमा लामो समय ओभर बट जोनमा नै रहन पनि सक्छ । म्याक्डीमा भने बजार बुलिस नै रहेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा केही अल्पकालिन करेक्सनको सम्भावना रहन्छ । 

त्यो भनेको इन्ट्रा डे मात्रै पनि हुन सक्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा पहिलो प्रतिरोध २२३२ विन्दुमा रहेको छ । जसलाई बजारले ब्रेक गरेर माथि लागेको छ । त्यसैगरि, दोस्रो प्रतिरोध २२६० र तेस्रो प्रतिरोध २३१६ विन्दुमा रहेको छ । त्यसैगरि, यदि बजार घटेमा क्रमशः २१७७, २१४८ र २०९३ विन्दसमा सपोर्ट लिन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.