काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक ५४ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार पनि ३ वर्षकै उच्च भएको छ । आजको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बुलिस यात्रामा रहेको देखिन्छ ।
बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा केही समयदेखि मध्य ब्याण्डमाथि चलेको बजार अपर ब्याण्डसँगै हिंड्न थालेको छ । म्याक्डीमार्फत नियाल्दा अघिल्लो महिना बुलिस क्रसओभर बनेको बजार हाल पनि भ्यालिड नै रहेको छ । आरएसआई भने हाल ओभर बट जोन ८४ को तहमा पुगेको छ ।
बुलिस बजारमा आरएसआई लामो समय ओभर बटजोनमा रहन पनि सक्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्डमा चलको देखिन्छ । सुपर ट्रेन्डबाट नियाल्दा पनि बजार बुलिस नै रहेको छ । पिभट् मार्फत नियाल्दा आज तेस्रो प्रतिरोध पनि ब्रेक गरेर माथि लागेको नेप्सेको चौथो प्रतिरोध २३७४ र पाँचौ प्रतिरोध २४२८ विन्दुमा रहेको छ । त्यसैगरि, घटेमा भने बजारले क्रमश ः २३१६ , २३०० र २२६० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।