शनिबार, श्रावण १०,२०८२ 11:42:04
  • शनिबार, श्रावण १०,२०८२ 11:42:04
Global IME Bank Limited

अष्ट्रेलियामा बढ्यो बेरोजगारीदर, ब्याजदरको निर्णय प्रभावित हुन सक्ने

Hyundai Nepal
अष्ट्रेलियामा बढ्यो बेरोजगारीदर, ब्याजदरको निर्णय प्रभावित हुन सक्ने
Shivam Cement

काठमाण्डौ । अष्ट्रेलियामा बेरोजगारीदर बढेको छ ।  जुन महिनामा अष्ट्रेलियामा बेरोजगारीदर ४.१ प्रतिशतले बढेको अष्ट्रेलियाको राष्ट्रि तथ्यांक विभागले जनाएको छ ।  

यो अवधिमा अष्ट्रेलियामा जम्मा ५० हजार नयाँ रोजगार थपिएको छ । जसमा फुल टाइम काम गर्ने ४३ हजार र पार्ट टाइम काम गर्ने ६ हजार ८ सय रहेका छन् ।  

गत मे महिनाको अष्ट्रेलियाको बेरोजगारीदर ४ प्रतिशत थियो ।  

Muktinath Bikas Bank Limited

कामको खोजी गर्ने १५ वर्षभन्दा माथिका उमेरको जनसंख्या वृद्धि भएपछि अष्ट्रेलियाको श्रम बजारमा देखिएको सुधारका बाबजुत बेरोजगारीदर बढिरहेको राष्ट्रिय तथ्यांक विभागका प्रम्ुख बीजोर्न जारभिसले बताएका छन् ।  

बेरोजगारीदर बढेसँगै यसले अष्ट्रेलियाको केन्द्रिय बैंकको ब्याजदरसम्बन्धी निर्णयमा प्रभाव पर्ने अनुमान गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.