शनिबार, श्रावण १६,२०८३ 10:17:59
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 10:17:59
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत आईक्यानबाट पायो लगातार पाँचौं पटक पुरस्कार

मुक्तिनाथ विकास बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत आईक्यानबाट पायो लगातार पाँचौं पटक पुरस्कार
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लगातार पाचौंपटक ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमा (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७९/०८० को लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको हो । 

यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५÷०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले Best Presented Annual Report Award 2023 विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. निजि बैंकिङ क्षेत्र २. वित्तीय सेवा क्षेत्र(अन्य सम्पूर्ण वित्तकार्य गर्ने कम्पनीहरु) ३.उत्पादन क्षेत्र ४.शक्ति र उर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार (गोल्ड)प्राप्त गरेको छ । गत शनिबार, काठमाण्डौमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्रीश्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साथै, बैंकले ‘नेपालमै टिक्न ,सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.