• बिहीबार, भाद्र २६,२०८२ 04:42:37
Global IME Bank Limited

सेयर मूल्यमा हेरफेर गरेको आरोपमा कोरियाली राष्ट्रपतिकी पत्नीमाथि १२ घण्टा सोधपुछ

Hyundai Nepal
सेयर मूल्यमा हेरफेर गरेको आरोपमा कोरियाली राष्ट्रपतिकी पत्नीमाथि १२ घण्टा सोधपुछ

काठमाण्डौ । दक्षिण कोरियाका वर्तमान राष्ट्रपतिकी पत्नी किम कियोन हिलाई सेयर म्यानिपुलेसन(हेरफेर) गरेको अभियोगमा अभियोजकहरुले सोधपुछ गरेका छन् ।  

किमलाई सेयर बजारमा हेरफेर गरेको र डियोर ह्याण्ब्याग र अन्य विलासी वस्तुहरु लिएर काम गरेको आरोपमा पहिलोपटक प्रश्न गरिएको हो । उनलाई शनिबारदेखि आइतबारसम्म प्रश्न गरिएको हो । सियोल जिल्लाका अभियोजनकर्ताहरुले उनलाई १२ घण्टासम्म(शनिबार १.३० बजेदेखि आइतबार १.२० बजेसम्म)प्रश्न सोधिएका बताएका छन् । सुरक्षाका कारण किमलाई अज्ञात सरकारी भवनमा प्रश्न गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दक्षिण कोरियाको इतिहासमा कुनै पनि वहालवाला राष्ट्रपतिकी श्रीमतिलाई कुनै पनि अभियोगमा अनुसन्धान गरिएको यो पहिलोपटक हो । यो अनुसन्धानलाई यति गोप्य राखिएको थियो कि न त अभियोजनकर्ता लि वन सियोक न त उच्च अदालतका प्रमुख अभियोजनकर्तालाई नै यसबारे थाहा थियो ।  

सर्वोच्च अदालतका अभियोजनकर्तालाई किमलाई प्रश्न गर्ने बेला मात्रै यस बारे जानकारी दिइएको थियो ।  

किममाथि सन् २००९ देखि २०१२ सम्म डेउस्थे मोटर इंक(बीएमडब्लु)को डिलर) सेयरमूल्यमा हेरफर गरेको आरोप लागेको छ । यस क्रममा उनले डेउस्थे मोटरका अध्यक्ष कोउन ओ–सु र ट्रेडर लि जोङ–हो(ब्ल्याक पर्ल इन्भेष्टका पूर्व सीईओ)सँग मिलेर सेयरमा हेरफेर गरेको आरोप लागेको छ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.