बुधबार, फाल्गुन २०,२०८२ 06:21:12
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 06:21:12
Bizshala
Global IME Bank Limited

लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?

Hyundai Nepal
लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा देशमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।  

आव २०८०/८१ मा भएको वस्तु आयात र निर्यात अघिल्लो आव अर्थात २०७९/८० को तुलनामा कम हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । यसरी २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घटेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यससँगै नेपालको वैदेशिक व्यापार लगातार दोस्रो आर्थिक वर्षमा पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी आयात र निर्यात भएको थियो । तर त्यसयता भने आयात/निर्यात दुवै निरन्तर घटिरहेको छ । आर्थिक वर्ष २०७८/७९ १९ खर्ब २० अर्ब रुपैयाँको आयात र २ खर्बको निर्यात भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात र १ खर्ब ४१ अर्बको निर्यात भएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजश्व उठेको छ । तथ्यांकअनुसार सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको छ । गत आवमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल, ६८ अर्ब १० करोड रुपैयाँको डिजेल र ५५ अर्ब ६१ करोड रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ ।

यस्तै १० अर्ब ५७ करोड रुपैयाँ बराबरको गलैंचा र ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।आयात घटेसँगै व्यापार घाटा समेत कम भएको छ । व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । आव २०७९÷८० मा नेपालका व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.