बिहीबार, असार १२,२०८२ 09:15:04
  • बिहीबार, असार १२,२०८२ 09:15:04
Global IME Bank Limited

लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?

Hyundai Nepal
लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा देशमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।  

आव २०८०/८१ मा भएको वस्तु आयात र निर्यात अघिल्लो आव अर्थात २०७९/८० को तुलनामा कम हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । यसरी २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घटेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै नेपालको वैदेशिक व्यापार लगातार दोस्रो आर्थिक वर्षमा पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी आयात र निर्यात भएको थियो । तर त्यसयता भने आयात/निर्यात दुवै निरन्तर घटिरहेको छ । आर्थिक वर्ष २०७८/७९ १९ खर्ब २० अर्ब रुपैयाँको आयात र २ खर्बको निर्यात भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात र १ खर्ब ४१ अर्बको निर्यात भएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजश्व उठेको छ । तथ्यांकअनुसार सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको छ । गत आवमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल, ६८ अर्ब १० करोड रुपैयाँको डिजेल र ५५ अर्ब ६१ करोड रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ ।

यस्तै १० अर्ब ५७ करोड रुपैयाँ बराबरको गलैंचा र ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।आयात घटेसँगै व्यापार घाटा समेत कम भएको छ । व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । आव २०७९÷८० मा नेपालका व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.