काठमाण्डौ । सेयर मूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाली धनाढ्य तथा दिग्गज टेक कम्पनी काकाओ कर्पका संस्थापक किम बिओम–सु पक्राउ परेका छन् । किमलाई सन् २०२३ मा के–पप पावरहाउस एसएम इन्टरटेनमेन्टको प्राप्तिको समयमा सेयरमूल्यमा चलखेल गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनलाई सुनुवाई पश्चात सिओलको दक्षिणी जिल्ला अदालतले पक्राउ वारेन्ट जारी गरेको हो । उनलाई सेयरमूल्यमा चलखेल गरेको आरोपमा विगत केहि सातादेखि अदालतमा प्रश्न सोधिदै आएको थियो । अदालतले उनलाई देश छाडेर भाग्न सक्ने र प्रमाण नष्ट गर्न सक्ने भएकाले पक्राउ आदेश दिएको छ ।
एमएम कम्पनीको सेयरमूल्य गत वर्ष चलखेलका कारण प्रतिकित्ता १ लाख २० हजार वन(८६ डलर)सम्म पुगेको थियो । काकाओले एसएमको २४० बिलियन वन मूल्यबराबरको सेयर अफर मूल्यमा ५५३ पटक खरिद गरेको जनाइएको छ ।
हाइबले एमएमको १४.८ प्रतिशत स्वामित्व खरिद गरेको थियो ।
काकाओको मूल्य ६२ बिलियन डलरबराबर रहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                