बुधबार, श्रावण ६,२०८३ 10:37:18
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:37:18
Bizshala
Global IME Bank Limited

दशैं अघिसम्म एजीएम गर्ने राष्ट्रिय बीमा कम्पनीको योजना, बाधक बन्दै प्राधिकरण

दशैं अघिसम्म एजीएम गर्ने राष्ट्रिय बीमा कम्पनीको योजना, बाधक बन्दै प्राधिकरण
New Office

काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आर्थिक वर्षको पुस मसान्तभित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा गर्न सकेको छैन ।  

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि साधारण सभा आयोजना गर्न सकेको छैन । पछिल्लोपटक यो कम्पनीले २०६८/२०७९ देखि २०७२/२०७३ सम्मको ५ वर्षको साधारण सभा एकैपटक आयोजना गरेको थियो । त्यस पछि यो कम्पनीले साधारण सभा गर्न सकेको छैन । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका कम्पनी सचिव सृजना अधिकारीले यसै आवमा वषको दशैं अघिसम्म २०७३/२०७४ देखि २०७५/७६ सम्मको वार्षिक साधारण सभा आयोजना गर्ने तयारी भईरहेको जानकारी दिइन् ।  

कम्पनीका एक उच्च आधिकारीेले भने आफूहरुले वार्षिक साधारण सभा समयमा नै गर्न चाहेको तर बीमा प्राधिकरणमाबाट अनुमति लिनु पर्ने भएकाले विलम्ब भईरहेको दाबी गरे । ‘बीमा प्राधिकरणमा हामीले पठाएका कागजपत्र नै हराउँछन् । हामीले नियमित फलो अप गर्दा पनि टुङ्गो नलाग्दा हैरान भएका छौं,’ ती अधिकारीले भने । तर बीमा प्राविधकरणका प्रवक्ता सुशिल देब सुबेदिले भने आफूहरुले उक्त कम्पनीको साधारण सभाको लागि कुनै बाधा अड्चन नगरेको दाबी गरे ।  

कम्पनीले लामो समयदेखि साधारण सभा आयोजना गर्न नसक्दा कम्पनीका लगानीकर्ता मर्कामा परेका छन् । लामो समयदेखि साधारण सभा नहुँदा कम्पनीले लाभांश घोषणा समेत गर्न सकेको छैन । जसका कारण कम्पनीमा लगानी गरेका लगानीकर्ता मारमा परेका छन् । ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता पीभी पोखरेलले सरकारी स्वामित्वमा नै रहेको कम्पनीले वर्षौदेखि साधारण सभा गर्न नसक्नु गैर–जिम्मेवारीपनको पराकाष्ट भएको बताए । ‘मैले १० वर्षदेखि यो कम्पनीमा लगानी गरेको छु । कम्पनीले साधारण सभा नै गर्न सकेको छैन । साधारण सभा नै गर्न नसकेको कम्पनीबाट लाभांशको आशा गर्ने त ठाँउ नै रहेन ।’  

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मूराहरी पराजुलीले लामो समयसम्म साधारण सभा नगर्ने कम्पनीलाई नेप्सेले सामान्य ध्यानाकर्षण मात्रै गर्न सक्ने बताउँछन् । उनले भने, ‘हामीले यी कम्पनीहरुलाई साधारण सभा गर भनेर ध्यानाकर्षण मात्रै गर्ने हो । त्यहाँ भन्दा बढी गर्न सक्दैनौं ।’

अर्को एक स्रोतले दिएको जानकारी अनुसार यो कम्पनीहरुले लामो समयदेखि साधारण सभा आयोजना गर्न नसक्नु्मा सरकारी हस्तक्षेप नै प्रमुख कारण हो । ‘हरेक वर्ष कम्पनीका प्रमुख कार्यकारी अधिकृत फेरिन्छन । हाकिम र कर्मचारीको तालमेल मिल्न नै सक्दैन । त्यही कारण पनि कम्पनीले समयमा नै बार्षिक साधारण सभा गर्न सकेको छैन,’स्रोतले भन्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.