शुक्रबार, श्रावण २९,२०८३ 06:37:21
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:37:21
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकको नाफा ६६.९३% ले बढ्यो, ईपीएस र वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार

Prabhu Bank Limited
कामना सेवा विकास बैंकको नाफा ६६.९३% ले बढ्यो, ईपीएस र वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors

बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ । खुद शुल्क र कमिशन आम्दानी २४ करोड १ँ६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकले रिजर्भको आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकहरुबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढी हो ।  

बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले ५२ करोड २६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो । बैंकको खराब कर्जा अनुपात भने केहि बढेको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म ३.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.२१ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको छ । वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन ५७८.३६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत कायम भएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X