मंगलवार, असार १७,२०८२ 04:26:22
  • मंगलवार, असार १७,२०८२ 04:26:22
Global IME Bank Limited

कामना सेवा विकास बैंकको नाफा ६६.९३% ले बढ्यो, ईपीएस र वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार

Hyundai Nepal
कामना सेवा विकास बैंकको नाफा ६६.९३% ले बढ्यो, ईपीएस र वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ । खुद शुल्क र कमिशन आम्दानी २४ करोड १ँ६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकले रिजर्भको आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकहरुबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढी हो ।  

बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले ५२ करोड २६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो । बैंकको खराब कर्जा अनुपात भने केहि बढेको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म ३.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.२१ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको छ । वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन ५७८.३६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.