काठमाण्डौ । बीस हजार अमेरिकी डलरसहित एकजना नेपाली नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले अवैध रुपमा डलर राखेको आरोपमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ वर्षिय नुर्पु तामाङ पक्राउ गरेको हो ।
उनलाई लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तामाङलाई रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ २० हजार डलर लैजादै गर्दा पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट अमेरिकी डलर १ सयका नोट २ सय थान गरी २० हजार डलर प्राप्त गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकि रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त्त टोलिले चेक जाँच गरेको थियो ।
तामाङलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।