२० हजार अमेरिकी डलरसहित नेपाली नागरिक पक्राउ
काठमाण्डौ । बीस हजार अमेरिकी डलरसहित एकजना नेपाली नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले अवैध रुपमा डलर राखेको आरोपमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ वर्षिय नुर्पु तामाङ पक्राउ गरेको हो । उनलाई लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।