बुधबार, श्रावण ६,२०८३ 10:37:20
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:37:20
Bizshala
Global IME Bank Limited

बीमा क्षेत्रमा शंकास्पद कारोबार कम गर्न प्राधिकरणले जारी गर्‍यो यस्तो निर्देशन

बीमा क्षेत्रमा शंकास्पद कारोबार कम गर्न प्राधिकरणले जारी गर्‍यो यस्तो निर्देशन
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको शंकास्पद कारोबारमा चासो व्यक्त गरेको छ ।  

प्राधिकरणले शंकास्पद कारोबार सूचक, २०२४ का लागि निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको शंकास्पद कारोबार नहोस् भन्ने हेतुले सहजताका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।  

प्राधिकरणका उप–निर्देशक तथा लिगल हेड शाम्भाराज लामिछानेका अनुसार बीमा कम्पनीहरुको सहजताका लागि शंकास्पद कारोबार नहोस् भनि इक्डिकेटर सार्वजनिक गरिएको हो ।  

नेपाल राष्ट्र बैंकको मातहतमा रहेको वित्तीय अनुसन्धान इकाईले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाली बीमा कम्पनीहरुमा एक वर्षभित्र १९ वटा कारोबार शंकास्पद देखिएको छ ।  

आर्थिक वर्ष २०७९/८० मा बीमा क्षेत्रमा कुल १९ वटा कारोबार शंकास्पद देखिएका छन् जुन यो आव २०७८–७९ को तुलनामा करिब शतप्रतिशतले नै बढी हो । अघिल्लो वर्षमा जम्मा ९ वटा मात्रै यस्तो कारोबार भएको थियो ।  

एक वर्षको अन्तरालमा बीमा क्षेत्रमा शंकास्पद कारोबार शतप्रतिशतले बृद्धि भएपछि बीमा कम्पनीहरुलाई सजग गराउन बीमा प्राधिकरणले १८ बुँदे निर्देशन जारी गरेको छ । बीमा कम्पनीमा शंकास्पद कारोबार नहुन र सम्पत्ति शुद्धीकरण निवारणमा समेत टेवा पुग्ने हेतुले निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।

बीमा क्षेत्रमा शंकास्पद कारोबार हुन नदिन बीमा कम्पनीहरुले प्राधिकरणले जारी गरेको १३ बुँदे निर्देशन पालना गर्नुपर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.