मंगलवार, श्रावण २६,२०८३ 06:26:40
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:26:40
Bizshala
Global IME Bank Limited

गुराँस लघुवित्तको खुद नाफा १४४९% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?

Prabhu Bank Limited
गुराँस लघुवित्तको खुद नाफा १४४९% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ६० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १ हजार ४१८ प्रतिशतले बढी हो । यस्तै संस्थाको कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको कर्मचारी खर्च ७.६१ प्रतिशतले बढेर ५ करोड ५६ लाख र अन्य सञ्चालन खर्च पनि १६.६८ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार ११४.६० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३४ करोड ९४ लाख र कर्जा प्रवाह १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २५.६१ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X