शनिबार, फाल्गुन १०,२०८१ 10:14:57
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:14:57
IME remit
Global IME Bank Limited

सेयरबजारको बृद्धिले म्युचुअल फण्डहरुमा रौनक, १८ वटा फण्डको न्याभ ११ रुपैयाँमाथि

Hyundai Nepal
सेयरबजारको बृद्धिले म्युचुअल फण्डहरुमा रौनक, १८ वटा फण्डको न्याभ ११ रुपैयाँमाथि
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा रौनक छाएसँगै सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बृद्धि भएको छ । गत असार महिनाको तेस्रो सातादेखि सेयरबजार बढ्न थालेपछि म्युचुअल फण्डहरुको नाफासँगै न्याभमा पनि उल्लेख्य बृद्धि भएको छ ।  

फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा गत आर्थिक वर्षको असार समान्तमा सबै फण्डले न्याभ बढाएका छन् । यसअघि सेयर बजार ‘वियरिस टे«न्ड’मा चलेको समयमा अधिकांश म्युचुअल फण्डहरुको नाफासँगै न्याभ पनि घट्दो अवस्थामा आइसकेको थियो । अधिकांश फण्डको न्याभ १० रुपैयाँ वा सो भन्दा तल झरिसकेको थियो ।  

तर नयाँ सत्ता समिकरणसँगै एकाएक बढेको बजारले फण्डहरुको सम्पत्ति मूल्य ह्वात्तै बढाएको छ । बजार घट्दा घाटा ब्यहोरेका फण्डहरुले समेत बजार बढ्दा नाफामा उक्लिएका छन् वा केही फण्डले अघिल्लो महिना जेठको तुलनामा घाटा कम गरेका छन् ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको ठूलो रकम लगानी रहेको हुन्छ । बजार घटबढ हुँदा फण्डको नाफा, न्याभ र लगानीको अवस्थाको सूचक नै फेरबदल हुने अवस्था आउँछ । आर्थिक मन्दीमा सुस्ताएको सेयरबजारले आम लानीकर्तासँगै सामूहिक लगानी कोषको नाफा ह्वात्तै घटाएको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

जब नयाँ सत्ता समिकरणपश्चात् अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको आगमन भयो तब बजारले लय समात्न थालेको छ । लामो समयसम्म लगानी डुबेका लगानीकर्ताको पोर्टफोलियो बढ्न थालेको छ । यसरी नै म्युचुअल फण्डहरुको पनि सम्पत्ति मूल्य र नाफा बढ्न थालेको छ ।  

गत आर्थिक वर्षको असार मसान्तमा म्युचुअल फण्डहरुको नाफा २७८.९० प्रतिशतले बृद्धि भएको छ । असार मसान्तमा फण्डहरुले कुल २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा बुक गरेका छन् । जेठ मसान्तसम्म भने फण्डहरुले जम्मा ७४ करोड ९० लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका थिए ।  

जेठ महिनामा १० वटा म्युचुअल फण्ड घाटामा थिए तर असार मसान्तसम्म आइपुग्दा दुईवटा फण्डमात्रै घाटामा छन् तर उक्त फण्डले जेठको तुलनामा घाटा कम गरेका छन् ।  

साथै जेठ महिनाको तुलनामा म्युचुअल फण्डहरुको लगानी समेत बढेको देखिएको छ । अर्थात् फण्डहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा गरेको लगानीको भ्यालु ५.२० प्रतिशतले बृद्धि भएको छ । जेठ महिनामा फण्डहरुको सूचीकृत पब्लिक कम्पनीको सेयरमा गरेको लगानीको भ्यालु ३१ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ रहेकोमा असार मसान्तसम्म आइपुग्दा ३३ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।  

असार मसान्तको अन्तिम सातादेखि बजारमा एकाएक सुधार आउँदा अधिकांश म्युचुअल फण्डहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा गरेको लगानीको भ्यालु बढ्न पुगेको एनआइसी एशिया क्यापिटलका सीओओ प्रज्ञरत्न शाक्यले बताए ।  

‘असार मसान्तसम्म आइपुग्दा प्राय सबै फण्डहरुले नाफामा उत्कृष्ट सुधार गरेका छन्, साथै फण्डहरुको सम्पत्ति मूल्य (न्याभ) पनि बृद्धि भएको छ’ उनले भने, ‘साथै सूचीकृतप कम्पनीको सेयरमा गरेको लगानीको भ्यालु पनि अधिकांश फण्डको बढेको देखिएको छ ।’

बजार यहि गतिमै बढ्दै जाने हो भने म्युचुअल फण्डहरुको सम्पत्ति मूल्य उल्लेख्य बृद्धि हुँदै जाने र इकाईधनीलाई समेत उत्कृष्ट प्रतिफल दिन सक्ने क्षमता बढ्ने शाक्यले बताए ।  

 सबैभन्दा बढी नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड

असार मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले असार मसान्तसम्म १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

त्यस्तै, एनआईबीएल सहभागिता फण्डले पनि असार मसान्तसम्म १४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी दोस्रो स्थान कायम गरेको छ । यसका साथै कुमारी धनबृद्धि योजनाले १२ करोड, एनआइसी एशिया ग्रोथ फण्डले ११ करोड ७९ लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले ११ करोड ६९ लाख रुपैयाँ र हिमालयन ८०–२० ले १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

तर, जेठ महिनाको तुलनामा असारमा सर्वाधिक नाफा बढाउनेमा भने एनआइसी एशिया सेलेक्ट–३० रहेको छ । फण्डले जेठको तुलनामा असारमा ५१९९।५९ प्रतिशतले नाफा बृद्धि गुरेको छ । असारमा सो फण्डले ५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । जेठमा फण्डले जम्मा ११ लाख ३१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

यसका साथै दोस्रोमा कुमारी सबल योजना रहेको छ ।फण्डले पनि जेठ महिनाको तुलनामा १०६९.७५ प्रतिशतले नाफा बृद्धि गरेको छ । जेठ महिनामा ३१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको सो फण्डले असार महिनामा ३ करोड ६६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

असार मसान्तमा लक्ष्मी उन्नती कोष र सनराइज ब्लुचिप फण्डमात्रै नोक्सानमा रहेका छन् ।  

१८ वटा फण्डको न्याभ ११ रुपैयाँमाथि  

असार मसान्तसम्म आइपुग्दा सबै म्युचुअल फण्डहरुले प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बृद्धि गरेका छन् । असार महिनासम्म सर्वाधिक न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को रहेको छ । फण्डको न्याभ १२.२२ रुपैयाँ पुगेको छ । जेठ महिनाको तुलनामा उक्त फण्डको न्याभ ०.६० रुपैयाँले बृद्धि भएको हो ।  

त्यस्तै, दोस्रोमा कुमारी सुनौलो लगानी योजनाको ११.८४ रुपैयाँ रहेको छ । यता एनएमबी ५० ले पनि न्याभ ११.७१ रुपैयाँ पुर्याएको छ । साथै सनराइज फर्स्ट म्युचुअल फण्डले ११.६७ रुपैयाँ, सानिमा इक्विटी फण्डले ११.५५ रुपैयाँ, प्रभु स्मार्ट फण्डले ११.५२ रुपैयाँ, प्रभु सेलेक्ट फण्डले ११.५० रुपैयाँ, एनआइसी एशिया ग्रोथ फण्डले ११.४७ रुपैयाँ, एनआइसी एशिया सेलेक्ट–३० ले ११.४६ रुपैयाँ, सानिमा ग्रोथ फण्डले ११.३५ रुपैयाँ र  एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले ११.३४ रुपैयाँ पुर्याएको छ ।  

यसका साथै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ११.२० रुपैयाँ, हिमालयन ८०–२० ले ११.०९ रुपैयाँ, आरबीबी म्युचुअल फण्ड–२ ले ११.०९ रुपैयाँ, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ११.०९ रुपैयाँ, सिटिजन्स सुपर ३० ले ११.०४ रुपैयाँ र एनआइसी एशिया ब्यालेन्स्ड फण्डले ११ रुपैयाँ पुर्याएको छ ।  

जेठ महिनाको तुलनामा असारमा सर्वाधिक न्याभ बृद्धि गर्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ रहेको छ । फण्डले एक महिनाको अन्तरालमै ०.७८ रुपैयाँले न्याभ बृद्धि गरेको छ । त्यस्तै, दोस्रोमा सनराइज ब्लुचिप फण्डले पनि ०.७७ रुपैयाँले न्याभ बढाएको छ ।  

सेयरबजारमा गरेको लगानीको भ्यालु ५.२० प्रतिशतले बृद्धि  

सेयरबजारमा म्युचुअल फण्डहरुको अबौं रुपैयाँ लगानी रहेको छ । जेठ महिनाको तुलनामा असारमा फण्डहरुको सेयरबजारमा गरेको लगानीको भ्यालु ५.२० प्रतिशतले बृद्धि भएको छ । यसआधारमा पनि अधिकांश फण्डहरुले लगानीबाट नाफा बुक गरेको बुझ्न सकिन्छ ।  असार मसान्तसम्ममा म्युचुअल फण्डहरुको सेयरबजारमा लगानीको भ्यालु ३३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । जेठमा भने फण्डहरुको यस्तो भ्यालु ३१ अर्ब ८३ करोड रुपैयाँ थियो ।  

असार मसान्तसम्ममा सर्वाधिक एनआइबीएल सहभागीता फण्डको सेयरबजारमा १ अर्ब ९० रुपैयाँ लगानी रहेको छ । फण्डको लगानीको भ्यालु १.४० प्रतिशतले बृद्धि भएको छ । जेठमा फण्डको सेयरबजारमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको लगानी थियो ।

त्यस्तै, दोस्रोमा एनएमबी सरल बचत फण्ड ई को पनि सेयरबजारमा १ अर्ब ७९ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । यो लगानी जेठ महिनाको तुलनामा ९.६९ प्रतिशतले बढी हो । जेठमा फण्डको १ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयरमा लगानी रहेको थियो ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब २८ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १ अर्ब २५ करोड, एनएमबी ५० को १ अर्ब १५ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १ अर्ब ४ करोड, सनराइज ब्लुचिप फण्डको १ अर्ब २ करोड र प्रभु सेलेक्ट फण्डको १ अर्ब रुपैयाँ बराबरको सेयर लगानी रहेको छ ।  

जेठ महिनाको तुलनामा असारमा सेयरबजारमा गरेको लगानीको भ्यालु सर्वाधिक एनआइसी एशिया ग्रोथ फण्ड–२ को बृद्धि भएको छ । फण्डको यस्तो भ्यालु २६.०९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, कुमारी सबल योजनाको २०.४१ प्रतिशत, एनआइबीएल स्टेबल फण्डको १७.९५ प्रतिशत, सनराइज ब्लुचिप फण्डको १६.१५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट–३० को ११.६८ प्रतिशतले लगानीको भ्यालु बढेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.