काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक डेकिन्द्र कुमार राईको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले राईको राजीनामा स्वीकृत गरेको हो ।
राईले आफ्नो व्यक्तिगत कार्य व्यवस्तताका कारण सञ्चालक पदमा रहिरहन नसक्ने भन्दै गत साउन ११ गते कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका थिए । सञ्चालक समितिको बैठकले उनको राजीनामा साउन १५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।