गोर्खाज फाइनान्सको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले कुल १२ हजार ३७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

