काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बेठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असोज २३ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका यसअघिका सीईओ सन्तोष कुमार घिमिरेको राजीनमा असोज २२ गतेबाट लागू हु्ने गरी स्वीकृत भएको छ ।