बुधबार, माघ २३,२०८१ 03:46:06
IME remit
  • बुधबार, माघ २३,२०८१ 03:46:06
IME remit
Global IME Bank Limited

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश घोषणा

Hyundai Nepal
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश घोषणा
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को लाभांश घोषणा भएको छ ।  

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरिएको हो ।  

एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाका लागि इकाईधनीहरुलाई १० प्रतिशत(करसहित) नगद लाभांश घोषणा गरेको हो ।

Bizshala
CG Motors
Sagarmatha Cement

उक्त लाभांश वितरण प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन १६ गतेसम्म कायम इकाईधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । यो योजनाका ईकाईधनीहरुले प्रतिफल रकमबराबरले हुन आउने रकम समायोजित  खुद सम्पत्ति मूल्यमा पुनः लगानी गर्न सकिने योजना  सञ्चालनमा रहेकाले उक्त योजनामा सहभागी हुन चाहने योग्य इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गराउन कम्पनीले आग्रह गरेको छ ।  

यसअघि नै लाभांश पुनः लगानी योजनामा दर्ता भएका तथा साउन ३२ गतेसम्म दर्ता गर्ने इकाईधनीहरुको प्राप्त प्रतिफलबराबरको इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा सोझै पठाइने व्यवस्था  मिलाइएको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले जनाएको छ । यस्तै उक्त योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा साउन ३२ गतेपश्चात लाभांश रकम(प्रतिफल)हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.