शनिबार, असार १४,२०८२ 07:59:21
  • शनिबार, असार १४,२०८२ 07:59:21
Global IME Bank Limited

एनआईसी एशिया ग्रोथ फण्ड–२ ले २६.०९% ले बढायो लगानीको भ्यालु, वाणिज्य बैंकको सेयर थप्दै

Hyundai Nepal
एनआईसी एशिया ग्रोथ फण्ड–२ ले २६.०९% ले बढायो लगानीको भ्यालु, वाणिज्य बैंकको सेयर थप्दै
Nabil Bank Limited

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक लगानीको भ्यालु बढाउने एनआइसी एशिया ग्रोथ फण्ड–२ ले वाणिज्य बैंकहरुको सेयरमा गरेको लगानीबाट मात्रै ३५.९१ प्रतिशत भ्यालु बढाएको छ ।  

फण्डले असार मसान्तसम्म विभिन्न सूचीकृत कम्पनीहरुको सेयरमा गरेको लगानीको भ्यालु ४६ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो जेठ महिनाको तुलनामा २६.०९ प्रतिशतले बढी हो । जेठ महिनामा सोे फण्डले सेयरमा गरेको लगानीको भ्यालु ३७ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

असार मसान्तसम्म आइपुग्दा फण्डले ८ वटा वाणिज्य बैंकको सेयरमा गरेको लगानीको मूल्य (भ्यालु) ७ करोड ७३ लाख रुपैयाँ रहेको छ । यो भ्यालु जेठ महिनाको तुलनामा ३५.९१ प्रतिशत बढी हो । जेठमा वाणिज्य बैंकको सेयरमा मात्रै गरेको लगानीको मूल्य ५ करोड ६९ लाख रुपैयाँ थियो ।  

फण्डले वाणिज्य बैंकहरुमा एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, प्रभु बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमा लगानी गरेको छ ।  

जसमध्ये ग्लोबल आइएमई, प्राइम कमर्सियल, सानिमा र नबिल बैंक गरी चारवटा बैंकको सेयरमा भने लगानी थपेको छ । फण्डले उक्त चारवटा बैंकको कुल ४८ हजार ८६० कित्ता सेयर थप गरेको छ, जसअनुसार सो फण्डको लगानीको भ्यालु बढ्न पुगेको हो ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.