काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थाले आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि खरिद आवेदन खुलाएको जनाएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर त्रिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूह भित्रनै समावेश हुने बैंकले स्पष्ट पारेको छ ।