शनिबार, श्रावण ९,२०८३ 01:09:10
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 01:09:10
Bizshala
Global IME Bank Limited

प्रोग्रेशिभ फाइनान्स ३.८० करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ६१.६९ करोडले ऋणात्मक

प्रोग्रेशिभ फाइनान्स ३.८० करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ६१.६९ करोडले ऋणात्मक
New Office

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सार्वजनिक गरेको गत आव २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा कम्पनी कमजोर देखिएको छ ।  

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ३ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ८६.८९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले २९ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

घाटा कम गर्न सफल भएपनि कम्पनी खुद ब्याज आम्दानी भने बढाउन सफल भएको छैन । कम्पनीले चौथो त्रैमाससम्ममा १५ करोड २० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.४२ प्रतिशतले कम हो ।  

कम्पनीले यो अवधिमा ८ लाख ६० हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आर्ज गरेको छ । यस्तै कम्पनीले ५ करोड २३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ । कम्पनीको खुद सञ्चालन आम्दानी १८ करोड ५७ लाख र सञ्चालन खर्च २२ करोड ३४ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६१ करोड ६९ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार १५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवमा ४ अर्ब ९२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले ६ अर्ब ३० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यस्तै कर्जा प्रवाह पनि ३ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ६१ करोड ६९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवमा ९.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.६७ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.४९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ४५.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९४.८९ गुणा ऋणात्मक र तरलता अनुपात ३२.९० प्रतिशत कायम भएको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.