बिहीबार, पुष १०,२०८२ 08:58:44
Bizshala
  • बिहीबार, पुष १०,२०८२ 08:58:44
Bizshala
Global IME Bank Limited
Bizshala

नेपाल लाइफ क्यापिटलको ४ लाख कित्ता अवितरित हकप्रद सेयरमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने

Hyundai Nepal
नेपाल लाइफ क्यापिटलको ४ लाख कित्ता अवितरित हकप्रद सेयरमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले गत साउन ८ गतेदेखि साउन २२ गतेसम्म ४ लाख ३८९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

कम्पनीले गत असार ११ गतेदेखि २५ गतेसम्म १ः०।५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको नेपाल लाइफको कार्यालय र ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्समा दरखास्त बुझाउनु पर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ २५ गतेसम्म रहेको छ । उक्त मितिभित्र कुनै आवेदन नपरेमा सञ्चालक समितिले तोकेको शर्त र तरिकाबाट बेचबिखन,पुनःबाँडफाँड वा अन्य किसिमले बिक्री वितरण गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.