बिहीबार, श्रावण २८,२०८३ 01:14:53
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:14:53
Bizshala
Global IME Bank Limited

यो साता बजारमा सामन्य वृद्धि, नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी ’

Prabhu Bank Limited
यो साता बजारमा सामन्य वृद्धि, नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी ’
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७५५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७६६.३८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १०.७६ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजार १८७ अंकले बढेको थियो ।  

भोटो जात्राको कारण बजार आइतबार बन्द रहेको थियो । साताको ४ कारोबार दिनमा ३ दिन बजार बढ्यो भने १ दिन मात्रै घट्यो । यो साताको ४ दिन कारोबारमा ८३ अर्बको कारोबार भयो । अघिल्लो साताको पाँच दिन कारोबारमा करिब ९६ अर्बको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४३.९१  अर्ब रुपैयाँ पुग्यो । यस्तो बजार पू्ँजीकरण अघिल्लो साता ४३.७२ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से बढ्दा १९ खर्बले बजार पूँजीकरण बढेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्ती क्याण्डललाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती क्याण्डल अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

क्याण्डल स्टिकको आधारमा बजारलाई साप्ताहिक रुपमा हेर्दा ड्रागन फ्लाई डोजी बनेको छ । यसले ट्रेन्ड रिभर्स हुँदै गरेको संकेत गर्छ । सामान्यतयाः यदि घट्दो बजारमा राता क्याण्डल पछि यस्तो आकृति देखा पर्छ भने बजार माथि जाने संकेत गर्छ । तर लामो समयको बढ्दो बजारमा यदि हरिया क्याँडल पछि यस्तो आकृति बन्छ भने बजारले करेक्सन लिन सक्ने बुझिन्छ । यद्यपी यस्ता क्याण्डल भ्यालिड र इन्भ्यालिड दुवै हुन सक्छन् । यदि आगामी दिनमा यो साता २७५५ विन्दुमा बन्द भएको बजारले यस क्याण्डलको उच्च विन्दु २८१५ भन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । तर त्यसो हुन नसकेर यो साताको क्याण्डलको न्यून विन्दु भन्दा तल जान्छ  भने यो क्याण्डल भ्यालिड हुन सक्छ ।  

इचिमोकूको आधारमा  

इचिमोकूको आधारमा बजार बुलिस नै रहेको छ । मूल्य रेखाहरु बेस लाइन र कन्भर्जन लाइन भन्दा माथि-माथि चलेका छन् । क्लाउड पोजिसन पनि हरियो बनेको छ भने लिड १ र लिड २ फराकिलो बन्दै गएको छ । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि अप ट्रेन्डमा नै रहेको छ । इचिमोकूको आधारमा बजार बुलिस रहेको देखिन्छ ।  

मुभिङग एभरेजको आधारमा  

मुभिङ एभरेजलाई अर्को शब्दमा रोलिङ्ग एभरेज वा रनिङ एभरेज पनि भनिन्छ । प्राविधिक विश्लेषणको यो विधि सेयर डेरिभेटिभ तथा विदेशी मूद्रा कारोबारमा उत्तिकै प्रयोगमा आउछ । मुभिङ्ग एभरेज भनेको निश्चित तथ्यांकको एउटा औषत समूह बनाएर प्रस्तुत गरेको रेखालाई बुझिन्छ । विशेष गरि यस्तो तथ्यांक १०,२०, ४०,५० तथा २०० दिने बनाउने गरिन्छ । बजारमा छोटो समयको उतारचढाव हेर्न छोटो नै र लामो समयको उतारचढाव हेर्न लामो समयको तथ्यांकको समूह बनाएर औषत तथ्यांक बनाइन्छ ।

मुभिङ्ग एभरेज खासगरि टेवा र अवरोध पत्ता लगाउन प्रयोग गरिन्छ । घट्दो बजारमा मूल्य रेखा मुभिङ एभरेजको रेखा भन्दा तल झर्छ भने बढ्दो बजारमा मूल्य रेखा मुभिङ्ग एभरेजको रेखा भन्दा माथि रहने गर्छ । अर्थात बढ्दो बजारमा यसले टेवा र घट्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ ।  

यो साता ५ दिने मुभिङ्ग एभरेज भन्दा माथि बजार बसेको छ । अर्थात बजार २७६६ विन्दुमा बन्द भएको छ । यदि बजार आगामी कारोबारमा २७४५ विन्दु भन्दा तल खसेमा बजारले करेक्न लिने छ । अन्यथा बजार अप ट्रेन्डमा नै चल्ने छ ।

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३०३७

प्रतिरोध २ –२९२१

प्रतिरोध १– २८३८

पिभट प्वइन्टः २७२२

घटेमा सपोर्ट  

सपोर्ट १– २६१९

सपोर्ट २– २५३३

सपोर्ट  ३ –२४४०

निष्कर्षः  अघिल्लो साता १८७ अंकले बढेको बजारमा यो साता  १० अंकको बढोत्तरी आयो । बजार बढ्दा दैनिक औषत कारोबार भने बढेको नै देखिन्छ । यो साता बजारमा उच्च अंकले उतारचढाव पनि देखियो । मंगलबार १४५ अंकले घटेको बजारमा बुधबार १०८ अंकको सुधार आयो । लगातार पाँच साता ठूलो अंकले बढेको बजार यो साता सामान्य अंकले बढ्यो । प्राविधिक रुपमा हेर्दा यो साता बजारले ड्रागन फ्लाइ डोजि प्रकृतिको क्याण्डल बनाएको देखिन्छ । यदि आगामी दिनमा बजारले यो क्याण्डलाइ इन्भालिड गरेको खण्डमा बजार अझै केही समय माथि नै जाने छ । तर भ्यालिड भएको खण्डमा भने बजारमा केही समय अल्पकालिन करेक्नसन हुन सक्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.