काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी संस्थापक सेयरधनी कुमारी बैंकको प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् । उनलाई बैंकले मुकुन्द सुवेदीको सट्टामा बाँकी अवधिका लागि सञ्चालकको रुपमा पठाएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।