शुक्रबार, असार १२,२०८३ 06:25:31
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 06:25:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा वृद्धि, १८ औं वार्षिक साधारण सभा आगामी भाद्र १७ गते गर्ने

Laxmi Sunrise Bank Limited
सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा वृद्धि, १८ औं वार्षिक साधारण सभा आगामी भाद्र १७ गते गर्ने

काठमाण्डौ। सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण सभा आगामी भाद्र १७ गते गर्ने भएको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पूजीँको १५.५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ। संस्थाको १८ औं वार्षिक साधारण सभाका विषयहरुका सम्बन्धमा छलफल गर्न ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाण्डौमा बिहानको ११ बजेदेखि सभा हुने जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा वृद्घि हासिल गर्न सक्षम भएको छ। 

New Office
CG Motors
Garima Development Bank

कम्पनीले वित्तीय परामर्श (Financial advisory) लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ। सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा (coe) सबिर बादे श्रेष्ठ रहेका छन्।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह-लगानी रहेको छ। काठमाण्डौ डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ।

काठमाण्डौ बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.