शनिबार, फाल्गुन १०,२०८१ 10:01:01
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:01:01
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारमा ओली बुल सुरु भयो, नेप्से अब छिट्टै अल टाइम हाईमा’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारमा ओली बुल सुरु भयो, नेप्से अब छिट्टै अल टाइम हाईमा’
Nabil Bank Limited

काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । केही समयदेखि निरन्तर उकालो लागिरहेको बजारको बढाईले आज पनि निरन्तरता पाएको छ । हाल सेयर बजारमा विगतको बुल जस्तै रौनक छाएको छ । ब्रोकर हाउसमा नयाँ तथा पुराना लगानीकर्ताहरुको थामि नसक्नु भीड लागेको छ ।

यसै सिलसिलामा आज हामी नयाँ बानेश्वर र अनामनगरका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताहरुको विचार तथा मनोभावना बुझ्ने प्रयास गरेका छौ । आज हामी सबैभन्दा पहिले नागरिक स्टक डिलर (स्टक ब्रोकर नम्बर ६०) मा पुग्यौं । हामी यहाँ पुग्दा लगानीकर्ताहरुको उपस्थिति निकै बढिसकेको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

लगानीकर्ताहरु आ–आफनो कम्प्युटर लिएर कारोबार गर्नमा मस्त थिए । आजको सुरुवाति सत्रमा बजार २८ सय आसपासमा तलमाथि गर्दै  थियो । लगानीकर्ता बजारका विविध विषयमा छलफल गरिहेका थिए । यत्तिकैमा एक लगानीकर्ताले भने, ‘२८ सय विन्दुमा खड्को छ भन्थे हो रहेछ । बजार यहाँबाट माथि जान मुश्किल भयो ।’ सँगै बसका लगानीकर्ताले भने, ‘अन्तिम सम्म हेरौं न । अहिले नै निष्कर्ष निकाल्नु हतार होला कि ।’

लगानीकर्ता आफूले किने बेचेका कम्पनीको बारेमा समेत चर्चा गर्दै थिए । एक लगानीकर्ताले एचआईडीसीएलको सेयर किनेको बताए । ‘मेरो  त एनआरएनको सेयर पनि किन्ने सोच थियो,’ उनले भने । उनलाई सेयर किन्न हतार नगर्न र मध्यान्हसम्म कुर्न उनका सहपाठी लगानीकर्ताले सुझाव दिए । यति बेलासम्म बजार करिब ४० अंकले बढेर कारोबार भईरहेको थियो ।  

केही समयको बसाई पछि हामी बनेश्वरमा नै रहेको कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुले बैंकबाट कर्जा लिएर सेयरमा लगानी गरेको बताए । यहाँ भेटिएका एक लगानीकर्ताहरुले केही बैंकका ब्रोकरहरुले मार्जिन कर्जा ब्रोकरबाट नै दिन थालेको पनि चर्चा गरेको सुनियो । ‘ब्रोकरले पनि सेयर किनेका छन् रे । मेरो साथिले एउटा बैंकको ब्रोकरमा गएको कर्जा दिएन भन्दै थिए,’ एक लगानीकर्ताले भने । ब्रोकरमा सेयर गफ चलिरहेकै थियो । अधिकांश लगानीकर्ता सेयरको जोडघटाउमा व्यवस्त थिए । कोही भने लगानीको रणनीति समेत बनाउँदै थिए । हेर्दाहेर्दै कारोबार खुलेको २ घण्टा बितिसकेको थियो । अब भने ब्रोकर हाउसमा लगानीकर्ताहरु बजारमा बुल सुरु भएको चर्चा गर्दै थिए ।  

यसपछि हामी अनामनगरमा रहेको कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६)तर्फ लाग्यौ । यहाँ पनि लगानीकर्ताहरुको राम्रै संख्यामा भेला भएका थिए । ब्रोकर हाउस खचाखच भरिएको थियो । बजारले २८ सयको विन्दु पार गरेको थियो । ‘लौ है साथिहरु बजारले २८ सयको खड्को पनि पार गर्यो । यो त ओली बुल हो । सेयर बजारमा बुल चरण चरणमा आएको छ, एक लगानीकर्ताले भने, ‘यस अघि सुरुमा बिष्णु पौडेलको बुल आएको थियो । त्यस पछि गभर्नरको बुल आयो । यो चाही ओली बुल हो । अब बजार अल टाइम हाई पुग्छ ।’

यो ब्रोकरमा केही समय व्यतित गरेपछि हामी इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर ४५) मा पुग्यौं । यहाँ भेटिएका लगानीकर्ताहरुले आज जलविद्युत र माइक्रोफाइनान्स बढेको चर्चा गर्दै थिए । यहाँ भेटिएका एक लगानीकर्ताले अहिले बजारमा फाइनान्स र माइक्रोफाइनान्स समूहको  भिडन्त सुरु भएको बताउँदै थिए ।  

नोटः  माथि उल्लेखित विषयहरु लगानीकर्ताले गरेका वार्तालापामा आधारित छन् । यहाँ चर्चा भएका विषयलाई आधार बनाएर लगानी नगर्न र लगानी गुर्नपूर्व आफ्नो स्वविवेक र ज्ञान उपयोग गर्न आग्रह गरिन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.