काठमाण्डौ । दिनभर बढेर कारोबार भएको बजारमा आज नेप्सेमा उच्च कारोबार सहित बुलिस मारुबुजु क्याण्डल बनेको छ। यो सँगै बजारले आज यस अघिको प्रतिरोध २८१५ विन्दुलाई भोल्युमसहित ब्रेक गरेर माथि लागेको छ।
आजको क्याण्डलले यस अघि बनेको शुटिङ स्टारलाई इन्भ्यालिड गरेको छ। अर्थात बजारले नयाँ हायर हाई बनाएको देखिन्छ । यदि बजारले नयाँ हायर लो र हायर हाईको सिरिज बनाउँछ भने बजारमा केही समय अझै अप ट्रेन्डको सम्भावना रहन्छ।
पिभट् मार्फत हेर्दा आज २८६० विन्दुमा बन्द भएर पहिलो प्रतिरोध ब्रेक गरेको बजारले अब नजिकको दोस्रो प्रतिरोध २९२२ , ३०२९ विन्दुमा लिन सक्छ । यदि आगामी दिनमा बजार घटेमा अबको नजिकको सपोर्ट २७३७,२६६०,र २५५२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।