काठमाण्डौ । आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो । बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार करिब ६ अर्बले घट्यो । दिनभरको कारोबारमा करिब ८० अंकले बजारमा उतारचढाव रह्यो ।
यस हिसाबले आज नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । तर यही क्याण्डलको आधारमा मात्रै अबको बजारको दिशा भने प्रष्ट हुन सक्दैन । यदि आगामी दिनमा बजार आजको उच्च विन्दु २९७१ भन्दा माथि–माथि कारोबार भएमा बजारले फेरि अप ट्रेन्ड लिन सक्छ ।
तर यस बिपरित आजको क्याण्डलको लो विन्दु २८९१ भन्दा तल लागेमा भने बजारले केही सयम करेक्सन पनि लिन सक्छ । पिभट् प्वइन्ट मार्फत आजको बजारलाई नियाल्दा हाल दोस्रो विन्दु भन्दा माथि लागेको बजारले ३०२९ र ३१३६ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । यदि घटेमा २८८०,२८४५,२८०० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।