शनिबार, असार १४,२०८२ 01:59:36
  • शनिबार, असार १४,२०८२ 01:59:36
Global IME Bank Limited

शिखर इन्स्योरेन्सको नाफामा १२६.८७% को वृद्धि, ईपीएसमा पनि उल्लेख्य सुधार

Hyundai Nepal
शिखर इन्स्योरेन्सको नाफामा १२६.८७% को वृद्धि, ईपीएसमा पनि उल्लेख्य सुधार
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १२६.८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २२ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १३.३२ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य  आम्दानी २ करोड ७७ लाख र लगानी तथा कर्जा आम्दानी ३३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल आम्दानी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म कम्पनीले ९४ करोड ९७ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८१ प्रतिशतले कम हो ।  

चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको थियो । कम्पनीको महाविपत्ती कोषको आकार १४ करोड १२ लाख र रिटेन्ड अर्निङ ३१ करोड ५१ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस ८.५२ रुपैयाँबाट बढेर १९.३२ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३५.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.४२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.