मंगलवार, बैशाख १५,२०८३ 05:41:08
Bizshala
  • मंगलवार, बैशाख १५,२०८३ 05:41:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न

Bizshala
स्वावलम्बन लघुवित्तको जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साँखु शाखा कार्यालयले जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयले संस्थामा आवद्ध ग्राहक सदस्यहरुका लागि ६ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको हो ।  

ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरुको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काठमाण्डौको साँखुमा ३० जना र जोरपाटीमा ३० जना ग्राहक सदस्य गरी जम्मा ६० जना सदस्यको सहभागीतामा तालिम सम्पन्न भएको थियो । तालिममा सदस्यहरुलाई सञ्चार गर्ने प्रभावकारी उपायहरु, निर्णय लिन सक्ने क्षमताको विकास, समय तथा तनाव व्यवस्थापन,व्यवसायलाई व्यवस्थित तरिकाले अगाडी लैजान अपनाउनुपर्ने रणनीति जस्ता विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उप–मेयर समिता श्रेष्ठले आफ्नो मनत्व्य राख्दै तालिम व्यवसाय सञ्चालनमा अति उपयोगी भएकाले आफुले तालिमबाट सिकेका विषयबस्तुहरुलाई अनिवार्य ब्यवहारमा उर्तान आग्रह गरे । त्यसैगरी, गोकर्णेश्वर नगरपालिका–६ का वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिवी समाजमा सामुहिक दायित्वका आधारमा विनाधितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न र ठुलो मद्दत गरेको बताए ।

शाखा कार्यालय साँखुका कार्यालय प्रमुख झबिलाल लामिछानेको संयोजकमा सञ्चालन भएको तालिममा केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागाँईले तालिमपश्चात सिकेका कुराहरुलाई प्रभावकारी रुपमा ब्यवहारमा उतारेमा पुनःअन्य तालिमहरु पनि सञ्चालनमा ल्याई ग्राहकलाई लाभान्वित हुने किसिमका सेवा प्रवाह गर्दै जाने विश्वास व्यक्त गरे ।

तालिमका सहभागीहरुले तालिम अत्यन्तै व्यवहारिक भएकोले आफुले सिकेका कुराहरु सजिलै आफ्नो देनिकीमालागू गर्न सहजहुने बताए ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X